Logo

२०८३ श्रावण ११ गते सोमवार

२०८३ श्रावण ११ गते सोमवार

खाडी देशमा इरानको ड्रोन आक्रमण

खाडी देशमा इरानको ड्रोन आक्रमण


  • 1.6K
    Shares

    • images
    खाडी देशमा इरानको ड्रोन आक्रमण
    images

    काठमाडौं । अमेरिकाले इरानमाथि तेस्रो चरणको सैन्य आक्रमण गरेको घोषणा गरेको छ । त्यसलगत्तै इरानले बहराइन, कुवेत, जोर्डन, कतार, ओमान तथा संयुक्त अरब इमिरेट्स ९यूएई० लक्षित मिसाइल र ड्रोन आक्रमण गरेको दाबी गरेको छ । यूएईले भने आफ्नो वायु सुरक्षाले इरानी मिसाइल र ड्रोनहरूलाई बीचमै खसालेको जनाएको छ ।

    अमेरिकाले होर्मुज जलमार्गमा साइप्रसको झण्डा बोकेको एउटा कन्टेनर जहाजमाथि इरानले आक्रमण गरेको आरोप लगाएको छ ।इरानले खाडी राष्ट्रहरूले अमेरिकी सेनालाई सहयोग गरिरहेको आरोप लगाएको छ । यद्यपि, खाडीका देशहरूले आफूहरू अमेरिका–इरान द्वन्द्वमा कुनै पक्षमा नरहेको बताएका छन् ।

    इरानको सरकारी प्रसारण संस्था आईआरआईबीका अनुसार, इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्सले ओमानको दुक्म बन्दरगाहमा रहेका अमेरिकी विमानवाहक जहाजहरूले प्रयोग गर्ने लजिस्टिक सहायता केन्द्र र इन्धन आपूर्ति पूर्वाधारमाथि भारी तथा आकस्मिक आक्रमण गरेको दाबी गरेको छ ।

    यसैबीच, संयुक्त अरब इमिरेट्सले ठूलो संख्यामा आएका मिसाइल र ड्रोनहरूलाई आफ्नो वायु प्रतिरक्षा प्रणालीले निष्क्रिय बनाइरहेको जनाएको छ । बहराइनबाट पनि यस्तै गतिविधिको जानकारी आएको अलजजिराले जनाएको छ । दुवै देशका अधिकारीहरूले नागरिकहरूलाई घरभित्रै बस्न र सुरक्षा निर्देशन पालना गर्न आग्रह गरेका छन् ।

    कतार सरकारले आफ्ना नागरिकहरूलाई घरभित्रै बस्न, झ्याल तथा खुला स्थानबाट टाढा रहन अनुरोध गरेको छ । कुवेती सेनाले पनि आफूहरूले शत्रुतापूर्ण हवाई लक्ष्यहरूलाई अवरोध गरी नष्ट गरिरहेको जनाएको छ ।

    आईआरजीसीले होर्मुज जलमार्गमा नियम उल्लंघन गर्ने दोस्रो जहाजमाथि पनि आक्रमण गरी नियन्त्रणमा लिएको दाबी गरेको छ । साथै, अमेरिका र इजरायलका सैन्य कारबाही जारी रहे आफ्नो प्रतिक्रिया झन् विनाशकारी हुने चेतावनी दिएको छ ।

    आईआरजीसीले अर्को विज्ञप्ति जारी गर्दै कतारस्थित अल उदेद वायुसेना अखडामा ब्यालिस्टिक मिसाइल प्रहार गरेको जनाएको छ । विज्ञप्तिअनुसार उक्त आक्रमणमा लडाकु विमान मर्मत केन्द्र र कमाण्ड तथा नियन्त्रण केन्द्र ध्वस्त पारिएको दाबी गरिएको छ ।

    यद्यपि, कतारको रक्षा मन्त्रालयले भने आफ्नो वायु प्रतिरक्षा प्रणालीले कतारी भूभाग लक्षित मिसाइल आक्रमण सफलतापूर्वक बीचमै रोकिएको र कुनै ठूलो क्षति नभएको जनाएको छ ।

    images
    प्रकाशित मिति :आषाढ २८ २०८३ आइतवार - १२:०५:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij