२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । जेन्जी अभियन्ता माजिद अन्सारीको रिहाइको माग गर्दै विराटनगरस्थित जिल्ला प्रहरी कार्यालय अगाडि धर्नामा बसेका २६ जना युवाहरूलाई प्रहरीले रिहा गर्ने भएको छ।
उनीहरूलाई कागज गराएर अभिभावकको जिम्मा लगाउने तयारी भएको मोरङका एसपी कविद कटुवालले बताएका छन् ।
कटुवालले भने, ‘बिहान सम्झाई बुझाई गर्दा आइन्दा यस्तो गर्दैनौँ भन्नुभयो । माफी मागेपछि कागज गराएर छाड्ने तयारी भएको छ ।’
प्रहरीको आवागमनमा अवरोध गरेकाले उनीहरूलाई राति नियन्त्रणमा लिएको उनले बताएका छन् । शनिबार साँझ प्रहरी कार्यालयको गेटमा धर्ना बस्ने क्रममा आवागमन अवरोध गरेको आरोपमा उनीहरूलाई राति नियन्त्रणमा लिइएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij