Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

माजिद अन्सारी रिहाइको माग गर्दै विराटनगरमा धर्ना दिने २६ जना पक्राउ

माजिद अन्सारी रिहाइको माग गर्दै विराटनगरमा धर्ना दिने २६ जना पक्राउ


  • 897
    Shares

    माजिद अन्सारी रिहाइको माग गर्दै विराटनगरमा धर्ना दिने २६ जना पक्राउ
    images

    काठमाडौं । जेनजी अभियन्ता माजिद अन्सारी पक्राउको विरोधमा जिल्ला प्रहरी कार्यालय मोरङको गेट अगाडि धर्ना दिन पुगेका २६ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार राति साढे ९ बजे प्रहरी कार्यालयको मुख्य प्रवेशद्वारमा धर्ना दिने क्रममा २६ जना पक्राउ परेका हुन्  ।

    जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार, कार्यालयको मुख्य गेटमा आवागमन नै प्रभावित हुने गरी प्रदर्शन गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेकाहरू सबै जेनजी समूहका अभियन्ताहरू रहेका छन् ।

    काठमाडौंको कीर्तिपुरस्थित सुन्दरीघाट होल्डिङ सेन्टरमा बाढी पसेपछि सुकुमवासीहरूको अवस्था बुझ्न गएका बेला माजिद अन्सारी, सरिश्मा थापा र नहेन्द्र खड्कालाई प्रहरीले पक्राउ गरेको थियो ।

    पक्राउ परेकामध्ये थापा र खड्का रिहा भइसकेका छन् भने अन्सारी अझै प्रहरी नियन्त्रणमै छन् । प्रहरीको कुटपिटबाट घाइते भएका अन्सारीको हाल टिचिङ अस्पतालमा उपचार भइरहेको  छ ।  

     

    प्रकाशित मिति :आषाढ २८ २०८३ आइतवार - १०:४९:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij