Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

एक नवविवाहित महिलाको शङ्कास्पद मृत्यु , माइती पक्षद्वारा हत्याको आरोप

एक नवविवाहित महिलाको शङ्कास्पद मृत्यु , माइती पक्षद्वारा हत्याको आरोप


  • 3.2K
    Shares

    एक नवविवाहित महिलाको शङ्कास्पद मृत्यु , माइती पक्षद्वारा हत्याको आरोप
    images

    काठमाडौं । रौतहटको कटहरिया नगरपालिका–३ बरेडवामा एक नवविवाहित महिलाको शङ्कास्पद मृत्यु भएपछि घटनालाई लिएर हत्या वा आत्महत्या भन्ने विषयमा अनुसन्धान सुरु भएको छ।

    प्रहरीका अनुसार कटहरिया नगरपालिका-३ बरेडवा निवासी निरज कुमार साह सोनारकी करिब २० वर्षीया श्रीमती निशा कुमारी साह सोनार आफ्नै सुत्ने कोठामा साडीको पासो लगाई घरको बाँसको कोरोमा झुन्डिएको अवस्थामा शनिवार फेला परेकी हुन्।

    घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कटहरियाका सई लालबाबु सहनीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। त्यसपछि इलाका प्रहरी कार्यालय गरुडाबाट इन्स्पेक्टर प्रमोद खड्काको नेतृत्वमा  टोली खटिएर घटनास्थलको मुचुल्का उठाएको प्रहरीले जनाएको छ।

    प्रहरीले दिउँसो कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाएको जनाएको छ।

    यता मृतकका बुबा रबिन्द्र साह सोनारले आफ्नी छोरीको हत्या गरिएको आरोप लगाएका छन्। उनले ज्वाइँ निरज साह सोनार र उनका परिवारका सदस्यले घटनालाई आत्महत्याजस्तो देखाउन शव झुन्ड्याएको दाबी गरेका छन्। घटनापछि मृतकका श्रीमान घर छाडेर फरार रहेको पनि उनको आरोप छ। 

    मृतकका बुबा रबिन्द्र साहका अनुसार गत फागुन महिनामा छोरीको विवाह भएको थियो। विवाह भएदेखिनै ज्वाइँ ले कहिले एसी, कहिले दाईजोको रुपैयाँ लगायत माग गर्दै दैनिकजसो छोरीलाई मानसिक यातना दिनुका साथै कुटपिट समेत गर्दै आएको  बताएका छन्।

    घटनापछि स्थानीयवासी तथा मृतकका आफन्तले निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरेका छन्।

    जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी वसन्त गौतमले घटनाको वास्तविक कारण पोस्टमार्टम प्रतिवेदन र अनुसन्धानपछि मात्रै खुल्ने बताएका छन्। 

    प्रकाशित मिति :आषाढ २८ २०८३ आइतवार - १०:३३:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij