Logo

२०८३ कार्तिक १६ गते सोमवार

२०८३ कार्तिक १६ गते सोमवार

कांग्रेस नेता मोहनबहादुर बस्नेतबाट प्रतिबद्धताअनुसार सहयोग नपाएको प्रेमप्रसाद आचार्यकी पत्नीको खुलासा

कांग्रेस नेता मोहनबहादुर बस्नेतबाट प्रतिबद्धताअनुसार सहयोग नपाएको प्रेमप्रसाद आचार्यकी पत्नीको खुलासा


  • 2.1K
    Shares

    कांग्रेस नेता मोहनबहादुर बस्नेतबाट प्रतिबद्धताअनुसार सहयोग नपाएको प्रेमप्रसाद आचार्यकी पत्नीको खुलासा
    images

    काठमाडौं । दिवंगत प्रेमप्रसाद आचार्यकी पत्नी नानुका अधिकारीले नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतबाट प्रतिबद्धताअनुसारको सहयोग नपाइएको बताएकी छन् ।

    शनिबार नेता बस्नेतले मुगुका गणेश नेपालीकी छोरीलाई स्नातकसम्म पढाइदिने घोषणा गरेका थिए । सोही समाचार फेसबुकमा सेयर गरिएको सामग्रीको कमेन्ट बक्समा स्व. आचार्य पत्नी अधिकारीले उक्त कुरा खुलाएकी हुन् ।

    आचार्यले नयाँबानेश्वरमा आत्मदाह गरेपछि बस्नेतले सार्वजनिक रूपमा आफू(आचार्य पत्नी)लाई शैक्षिक योग्यताअनुसारको रोजगारीको व्यवस्था गरिदिने र छोरीहरूलाई स्नातकसम्मको अध्ययनको जिम्मेवारी लिने घोषणा गरेको स्मरण गराएकी छन् ।

    सोही आश्वासनपछि आफू इलामबाट काठमाडौं आएको पनि उनले कमेन्टमा उल्लेख गरेकी छन् । काठमाडौं आएपछि बस्नेतकै पहलमा एक निजी संस्थामा काम पाइएको, पदको हिसाबले पनि ठीकै रहेको, तर जिम्मेवारीअनुसार पारिश्रमिक भने कहिल्यै नपाइएको उनले गुनासो गरेकी छन् ।

    यस्तै, छोरीहरूको शिक्षाको जिम्मेवारी भने बस्नेतबाट कहिल्यै पूरा नभएको उनले खुलाएकी छन् ।

    यस्तो छ आचार्य पत्नी नानुका अधिकारीको कमेन्ट :

    Nanuka.jpg

    प्रकाशित मिति :आषाढ २८ २०८३ आइतवार - ०६:५८:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij