Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

कांग्रेस नेता मोहनबहादुर बस्नेतबाट प्रतिबद्धताअनुसार सहयोग नपाएको प्रेमप्रसाद आचार्यकी पत्नीको खुलासा

कांग्रेस नेता मोहनबहादुर बस्नेतबाट प्रतिबद्धताअनुसार सहयोग नपाएको प्रेमप्रसाद आचार्यकी पत्नीको खुलासा


  • 1.7K
    Shares

    कांग्रेस नेता मोहनबहादुर बस्नेतबाट प्रतिबद्धताअनुसार सहयोग नपाएको प्रेमप्रसाद आचार्यकी पत्नीको खुलासा
    images

    काठमाडौं । दिवंगत प्रेमप्रसाद आचार्यकी पत्नी नानुका अधिकारीले नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतबाट प्रतिबद्धताअनुसारको सहयोग नपाइएको बताएकी छन् ।

    शनिबार नेता बस्नेतले मुगुका गणेश नेपालीकी छोरीलाई स्नातकसम्म पढाइदिने घोषणा गरेका थिए । सोही समाचार फेसबुकमा सेयर गरिएको सामग्रीको कमेन्ट बक्समा स्व. आचार्य पत्नी अधिकारीले उक्त कुरा खुलाएकी हुन् ।

    आचार्यले नयाँबानेश्वरमा आत्मदाह गरेपछि बस्नेतले सार्वजनिक रूपमा आफू(आचार्य पत्नी)लाई शैक्षिक योग्यताअनुसारको रोजगारीको व्यवस्था गरिदिने र छोरीहरूलाई स्नातकसम्मको अध्ययनको जिम्मेवारी लिने घोषणा गरेको स्मरण गराएकी छन् ।

    सोही आश्वासनपछि आफू इलामबाट काठमाडौं आएको पनि उनले कमेन्टमा उल्लेख गरेकी छन् । काठमाडौं आएपछि बस्नेतकै पहलमा एक निजी संस्थामा काम पाइएको, पदको हिसाबले पनि ठीकै रहेको, तर जिम्मेवारीअनुसार पारिश्रमिक भने कहिल्यै नपाइएको उनले गुनासो गरेकी छन् ।

    यस्तै, छोरीहरूको शिक्षाको जिम्मेवारी भने बस्नेतबाट कहिल्यै पूरा नभएको उनले खुलाएकी छन् ।

    यस्तो छ आचार्य पत्नी नानुका अधिकारीको कमेन्ट :

    Nanuka.jpg

    प्रकाशित मिति :आषाढ २८ २०८३ आइतवार - ०६:५८:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij