Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

गोरखाको विकासका लागि ‘संसदीय क्षेत्र विकास एवं समन्वय बोर्ड’ गठन गर्ने

गोरखाको विकासका लागि ‘संसदीय क्षेत्र विकास एवं समन्वय बोर्ड’ गठन गर्ने


  • 1.5K
    Shares

    गोरखाको विकासका लागि ‘संसदीय क्षेत्र विकास एवं समन्वय बोर्ड’ गठन गर्ने
    images

    काठमाडौं । रास्वपाका सांसद कवीन्द्र बुर्लाकोटीले गोरखा २ को विकासलाई योजनाबद्ध, प्रभावकारी र सहभागितामूलक बनाउन ‘संसदीय क्षेत्र विकास एवं समन्वय बोर्ड’ गठन प्रक्रिया अघि बढाएका छन्।

    क्षेत्रको विकास आवश्यकता पहिचान, योजना निर्माण तथा सम्बन्धित निकायसँग समन्वय गर्ने उद्देश्यले बोर्ड गठन गर्न लागिएको हो।
    सुशासन, समृद्धि, लोकतन्त्र तथा लोककल्याणकारी राज्य निर्माणको अभियानमा नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्दै विभिन्न क्षेत्रका विषय विज्ञ तथा इच्छुक व्यक्तिहरूलाई बोर्डमा आबद्ध गराइने जनाइएको छ।

    बोर्ड अन्तर्गत शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, पर्यटन, रोजगारीलगायत विभिन्न विषयगत समूह तथा कार्यदल गठन गरिनेछ। ती समूहहरूले स्थानीय पार्टी संयन्त्र, सरकारी निकाय र समुदायसँग सहकार्य तथा समन्वय गर्दै क्षेत्रका समस्या पहिचान गरी समाधानका लागि आवश्यक सुझाव र पहल गर्नेछन्। यो अभियान पूर्ण रूपमा स्वयंसेवी हुनेछ।

    अभियानमा सहभागी हुन इच्छुक व्यक्ति तथा विषय विज्ञहरूले साउन १५ गतेभित्र सचिवालयले उपलब्ध गराएको अनलाइन फाराममार्फत आफ्नो विवरण बुझाउन सक्ने जानकारी गराइएको छ।

    प्रकाशित मिति :आषाढ २७ २०८३ शनिवार - १९:५५:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij