Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

कीर्तिपुरको सुकुम्वासी होल्डिङ सेन्टर डुबानमा, ५४ जनाको उद्धार

कीर्तिपुरको सुकुम्वासी होल्डिङ सेन्टर डुबानमा, ५४ जनाको उद्धार


  • 1.3K
    Shares

    कीर्तिपुरको सुकुम्वासी होल्डिङ सेन्टर डुबानमा, ५४ जनाको उद्धार
    images

    काठमाडौं । कीर्तिपुरमा सुकुम्वासी रहेको होल्डिङ सेन्टरमा डुबान भएको छ । वर्षापछि आएको बाढी पस्दा होल्डिङ सेन्टर डुबानमा परेको हो । 

    होल्डिङ सेन्टरमा रहेका १५४ मध्ये ५४ जनाको उद्धार गरी त्रिभुवन विश्वविद्यालय परिसरमा रहेको स्मृति भवनमा राखिएको छ । 

    होल्डिङ सेन्टरमा पानी भरिएपछि सुरक्षाकर्मीले डुंगाको प्रयोग गरेर केही सामान बाहिर निकाले पनि अधिकांश घरायसी सामग्री, लत्ताकपडा र अन्य अत्यावश्यक सामान पानीले भिजेर नष्ट भएको पीडितहरूले बताएका छन् ।

    उनीहरूका अनुसार राति अचानक बाढी पस्दा धेरैले आफ्नो सामान सुरक्षित स्थानमा सार्न पाएनन् । 

    प्रकाशित मिति :आषाढ २७ २०८३ शनिवार - ०७:३६:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij