Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

‘म स्टन्टबाजी गर्न आएको होइन, घाँटी चिच्याएर मात्र हुन्न ’: गृहमन्त्री

‘म स्टन्टबाजी गर्न आएको होइन, घाँटी चिच्याएर मात्र हुन्न ’: गृहमन्त्री


  • 967
    Shares

    ‘म स्टन्टबाजी गर्न आएको होइन, घाँटी चिच्याएर मात्र हुन्न ’: गृहमन्त्री
    images

    काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफू कुनै स्टन्टबाजी गर्न मन्त्री नबनेको भन्दै संसद्‌मा सांसदहरूले घाँटी चिच्याएर बोल्दैमा मात्रै समस्या समाधान नहुने टिप्पणी गरेका छन्। 

    शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले आफू प्रचारका लागि नभई जनताको प्रत्यक्ष सेवाका लागि फिल्डमा खटिएको दाबी गरेका छन्। राप्रपा सांसद ज्ञानेन्द्र शाहीले संसद्‌मै गृहमन्त्रीलाई ‘कन्टेन्ट क्रिएटर’ को संज्ञा दिँदै क्यामेरा बोकेर स्टन्ट गरेको आरोप लगाएपछि मन्त्री गुरुङले संसद्‌को रोष्ट्रमबाटै त्यसको कडा जवाफ दिएका हुन्।

    सांसदहरूको आलोचनाप्रति आक्रामक रूपमा प्रस्तुत हुँदै गृहमन्त्री गुरुङले भने, “घाँटी चिच्याएर मात्रै हुँदैन। जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन। त्यो मुखले बोलेको त ५०औँ वर्ष भइसक्यो। अब हामीले हातले गरेर देखाउनुपर्छ। आफ्नो जनताको सेवा ठाउँमै ९फिल्डमै० गएर गर्नुपर्छ।” उनले आफू जनताको काम गर्न सडक र विमानस्थलमा पुग्ने गरेको विषयलाई स्टन्ट भनिएकोमा आपत्ति जनाएका छन्। “त्यसलाई तपाईंहरू स्टन्टबाजी भन्नुहुन्छ। मलाई कसैका लागि स्टन्टबाजी गर्ने कुनै इच्छा छैन। म आफ्नो देश र जनताको सेवा गर्न आएको हो,” उनले प्रस्ट पारेका छन्।  

    त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको विषयलाई लिएर संसद्‌मा सरकारको संवेदनशीलतामाथि प्रश्न उठाइएको थियो। त्यसको जवाफ दिँदै गृहमन्त्री गुरुङले उल्टै सांसदहरूको नियतमाथि प्रश्न उठाए।“गणेश नेपालीको घटनापछि हामी गृहमन्त्रीमा बसेर कसरी के गर्ने भनेर टिम बनाएर गम्भीरतापूर्वक छलफल गरिरहेका थियौँ,” गृहमन्त्री गुरुङले आक्रोश पोख्दै भने, “म यो सम्मानित सदनलाई सोध्न चाहन्छु– हिजो अस्पतालमा कति जना हुनुहुन्थ्योरु जो आज यहाँ घाँटी चिच्याएर कराउनुभएको छ।”

    प्रकाशित मिति :आषाढ २६ २०८३ शुक्रवार - १६:०५:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij