Logo

२०८३ श्रावण ११ गते सोमवार

२०८३ श्रावण ११ गते सोमवार

नाट्टाको सचिवमा रमेश पराजुलीको उम्मेदवारी

नाट्टाको सचिवमा रमेश पराजुलीको उम्मेदवारी


  • 771
    Shares

    • images
    नाट्टाको सचिवमा रमेश पराजुलीको उम्मेदवारी
    images

    काठमाडौं । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचनमा पर्यटन व्यवसायी तथा रुप्से होलिडेज प्रालिका अध्यक्ष रमेश पराजुलीले भरत जंग पाण्डेको नेतृत्वमा रहेको समूहबाट सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्।

    दुई दशकभन्दा बढी समयदेखि पर्यटन क्षेत्रमा सक्रिय पराजुलीले नेपाल-भियतनाम चार्टर उडान सञ्चालन, नयाँ गन्तव्य प्रवर्द्धन तथा स्पोर्ट्स टुरिजमको विकासमा योगदान पुर्‍याउँदै आएका छन्। 

    उम्मेदवारी घोषणा गर्दै उनले नाट्टालाई थप प्रभावकारी, प्रविधिमैत्री, पारदर्शी र सदस्यकेन्द्रित संस्था बनाउने प्रतिबद्धता जनाएका छन्। पर्यटन उद्योगको समग्र विकासका लागि सदस्यहरूको सुझाव र सहकार्य आवश्यक रहेको उनले बताएका छन्।

     

    images
    प्रकाशित मिति :आषाढ २६ २०८३ शुक्रवार - १५:३९:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij