२०८३ श्रावण ११ गते सोमवार
काठमाडौं । महानगर प्रहरीसँगको विवादपछि आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय युवा गणेश नेपालीको उपचारका क्रममा निधन भएपछि वीर अस्पताल परिसरमा विरोध प्रदर्शन भएको छ।
आक्रोशित प्रदर्शनकारीहरूले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्दै नाराबाजी गरेका छन् । बिहीबार दिउँसो त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि पार्किङको विषयलाई लिएर महानगर प्रहरीसँग विवाद भएपछि नेपालीले आफ्नो शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए।
तत्काल उद्धार गरी वीर अस्पताल पुर्याइएका उनको आज उपचारकै क्रममा मृत्यु भएको हो। नेपालीको निधनको खबर सार्वजनिक भएलगत्तै अस्पताल परिसरमा जम्मा भएका युवा, पठाओ राइडर र सर्वसाधारणले सरकार र महानगरपालिकाको अमानवीय कार्यशैलीविरुद्ध आक्रोश पोखेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij