२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालसँग संयुक्त अरब इमिरेट्स ९युएई० का विदेश व्यापार मन्त्री महामहिम डा.थानी बिन अहमद अल जेयोउदीले शिष्टाचार भेटवार्ता गरेका छन् ।
भेटमा सभामुख अर्यालले वर्तमान संसद् गठन भएपछि युएईको तर्फबाट भएको यो सबैभन्दा उच्चस्तरीय भ्रमण रहेको उल्लेख गर्दै भ्रमणले नेपाल–युएई सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने र सहकार्यका नयाँ आयामहरू खुल्ने विश्वास व्यक्त गरेको सभामुखको सचिवालयले जनाएका छ ।
त्यस्तै, युएईका विदेश व्यापार मन्त्री डा।थानी बिन अहमद अल जेयोउदीले नयाँ सरकार गठनपछि आफ्नो पहिलो भ्रमण रहेको उल्लेख गर्दै भ्रमणले दुई देशबिचको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे ।
मन्त्री अल जेयोउदीसहित १८ सदस्यीय प्रतिनिधिमण्डलले सभामुख अर्यालसँग भेट गरेको हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij