Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

अधिकृत सुरेन्द्र भट्टको बयान: ‘दुर्व्यवहार गरेको छैन, शौच गर्न लागेको थिएँ’

अधिकृत सुरेन्द्र भट्टको बयान: ‘दुर्व्यवहार गरेको छैन, शौच गर्न लागेको थिएँ’


  • 1.0K
    Shares

    अधिकृत सुरेन्द्र भट्टको बयान: ‘दुर्व्यवहार गरेको छैन, शौच गर्न लागेको थिएँ’
    images

    काठमाडौं ।  ललितपुरको इमाडोलस्थित गल्लीमा एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अङ्ग प्रदर्शन गरेको आरोपमा पक्राउ परेका शिक्षा अधिकृतमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । घटनामा संलग्न आरोपमा बैतडी घर भएका सुरेन्द्र भट्ट असार २२ मा पक्राउ परेका थिए । प्रहरी वृत्त सातदोबाटोले उनीविरूद्ध मुलुकी अपराध संहिता २०७४ को सार्वजनिक स्थानमा यौनाङ्ग प्रदर्शन गर्न नहुने कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ। 

    भट्ट शिक्षा मन्त्रालय अन्तर्गत शिक्षा समन्वय इकाईमा दरबन्दी भएर सिंहदरबारस्थित राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयमा अधिकृत तहमा कार्यरत छन् । 

    गल्लीमा एक्लै देखेपछि कपडा खोलेर गोप्य अङ्ग देखाएको भन्ने युवतीको आरोपमा भट्टले इन्कारी बयान दिएका छन् । अनुसन्धान अधिकृत र सरकारी वकिलसँगको बयानमा उनले इन्कारी बयान दिएका हुन् । प्रहरी स्रोतका अनुसार बयानमा उनले भनेका छन्, ‘शौच गर्न लागेको थिएँ, दुर्व्यवहार गरेको छैन ।’

    भट्टका आफन्तहरूले पनि शौच गर्दा दुर्व्यवहार गरेको आरोप लगाएको भन्दै सामाजिक सञ्जालमा उनको पक्राउको विरोध गरेका छन् । युवतीले स्मार्ट फोन मार्फत खिचेको भिडियोमा उनलाई अन्य पैदल यात्रुको सहयोगमा नियन्त्रणमा लिएर पीडितको खुट्टा ढोग्न लगाएको देखिन्छ । आरोपीले ‘सरी’ भनेको भिडियोमा देखिएको छ । तर, सो भिडियो सामाजिक सञ्जालमा अहिले डिलिट गरिएको छ । 

    हरीले अनुसन्धान गर्दा घटना भएको ठाउँमा सीसीटीभी क्यामरा भेटिएको छैन । अन्यत्रको क्यामरामा सो घटनाको तथ्य रेकर्ड नभएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । 

    प्रकाशित मिति :आषाढ २६ २०८३ शुक्रवार - १४:४९:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij