Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

प्रहरी टोली देखेपछि पोखरीमा हाम्फालेका गाँजा तस्कर मृत फेला

प्रहरी टोली देखेपछि पोखरीमा हाम्फालेका गाँजा तस्कर मृत फेला


  • 1.1K
    Shares

    प्रहरी टोली देखेपछि पोखरीमा हाम्फालेका गाँजा तस्कर मृत फेला
    images

    काठमाडौं । विराटनगर महानगरपालिका-१८ भेडियारीमा प्रहरीलाई देखेपछि पोखरीमा हाम्फालेका युवकको शव फेला परेको छ

    बुधबार बिहान विराटनगरको सीमावर्ती क्षेत्र भेडियारीमा गाँजा तस्करको समूहलाई पक्राउ गर्न गएको प्रहरीलाई देखेपछि स्थानीय १७ वर्षीय मञ्जितकुमार यादवले पोखरीमा हाम्फालेका थिए । मोटरसाइकल छाडेर पोखरीमा हाम्फालेका युवकको शुक्रबार बिहान शव फेला परेको मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठले जानकारी दिएका छन् । 

    उनीसँगै भारतीय नम्बर प्लेटको बीआर ५० एएल ३६८७ को मोटरसाइकलमा सवार रहेका भारतीय नागरिक ४१ वर्षीय शिवधर यादवलाई नियन्त्रणमा लिएको छ । उनको साथबाट प्रहरीले ६ किलो १२० ग्राम गाँजा बरामद गरेको छ ।

    मोरङ प्रहरीका डीएसपी श्रेष्ठका अनुसार युवक बेपत्ता भएपछि नेपाल प्रहरी र सशसत्र प्रहरीको गोताखोरसहितको टोलीले पोखरीमा खोजी गरेको थियो । खोजीकै क्रममा शुक्रबार बिहान पोखरीको बीच भागमा तैरिरहेको अवस्थामा शव भेटिएको हो ।

    मञ्जितको शव भेटिएपछि स्थानीयले प्रहरीका कारण मृत्यु भएको भन्दै प्रदर्शन गरेका छन् ।  

     

    प्रकाशित मिति :आषाढ २६ २०८३ शुक्रवार - १३:५६:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij