२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि गृह मन्त्रालयले आकस्मिक छलफल बोलाएको छ।
गृह मन्त्रालय स्रोतका अनुसार नेपालीको मृत्युको खबर प्राप्त हुनासाथ गृहमन्त्रीको उपस्थितिमा आकस्मिक बैठक सुरु भएको हो। उनको मृत्यु भएको पुष्टि भएको छ, हामी मन्त्रीज्यूसहित आन्तरिक छलफलमा छौँ गृह स्रोतले भन्यो।
गृहमन्त्री सुधन गुरुङको सचिवालयले दिएको जानकारी अनुसार मन्त्री गुरुङ केही बेरमै स्थिति बुझ्न र मृतकका परिवारलाई भेट्न वीर अस्पताल पुग्दैछन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij