Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

नेपाली आत्मदाह प्रयास- महानगर प्रहरीलाई सोधपुछका लागि भद्रकाली झिकाइयो

नेपाली आत्मदाह प्रयास- महानगर प्रहरीलाई सोधपुछका लागि भद्रकाली झिकाइयो


  • 1.3K
    Shares

    नेपाली आत्मदाह प्रयास- महानगर प्रहरीलाई सोधपुछका लागि भद्रकाली झिकाइयो
    images

    काठमाडौं । बिहीबार त्रिपुरेश्वरमा गणेश नेपालीले आत्मदाह प्रयास गरेकोबारे सोधपुछका लागि काठमाडौं महानगरपालिकाअन्तर्गतका प्रहरीलाई जिल्ला प्रहरी परिसर, भद्रकालीमा झिकाइएको छ ।

    जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार राहदानी विभाग अगाडिको पार्किङमा नेपालीको बाइकमा ह्वील लक गर्नुअघि के(कस्तो कुरा भएको हो भन्नेबारे बुझ्न उनीहरूलाई बोलाइएको हो ।

    बाइकमा ह्वील लक गरेलगत्तै उनले आफ्नो शरीरमा आगो लगाउना साथ त्यहीँ रहेको महानगरपालिका प्रहरीले खासै वास्ता गरेको थिएन । शरीरमा अत्यधिक आगो सल्किएपछि राहदानी विभागको ड्युटीमा रहेका प्रहरी र प्रत्यक्षदर्शीले नेपालीको उद्धर गरेका थिए ।

    प्रहरीले महानगरपालिका प्रहरीका दुई महिलासहित पाँच जनालाई सोधपुछका लागि बोलाइएको एसपी भट्टराईले बताए ।

    प्रकाशित मिति :आषाढ २६ २०८३ शुक्रवार - ११:४८:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij