२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । गणेश नेपालीको स्वास्थ्य अवस्था अझै गम्भीर रहेको वीर अस्पतालले जनाएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अस्पतालले उनको अवस्था अस्थिर रहेकाले जुनसुकै समयमा थप जटिल हुन सक्ने जानकारी दिएको हो।
‘अवस्था अझै पनि हामीले केही भन्न सक्ने अवस्थामा छैन,’ अस्पतालको भनाइ छ, ‘कुनै पनि समयमा उहाँको अवस्था बिग्रन सक्छ।
उपचारमा संलग्न चिकित्सकका अनुसार अनुहारमा लागेको आगोका कारण श्वासप्रश्वास प्रणालीमा गम्भीर असर पुगेको छ। हाल उनी वीर अस्पतालको आइसियुमा भेन्टिलेटरको सहायतामा उपचाररत छन्। अस्पतालका अनुसार उनको शरीरको करिब ५५ प्रतिशत भाग जलेको छ।
प्लास्टिक सर्जरी विभागका संयोजक डा। पियुष दाहालको नेतृत्वमा चिकित्सक, एनेस्थेटिस्ट, क्रिटिकल केयर विशेषज्ञ र नर्सिङ स्वास्थ्यकर्मीसहित २१ सदस्यीय विशेष टोली उपचारमा खटिएको अस्पतालले जनाएको छ।
थप उपचारका लागि भारतको नयाँ दिल्ली लैजाने तयारी गरिए पनि बिरामीको स्वास्थ्य अवस्था स्थिर नभएकाले तत्काल स्थानान्तरण सम्भव नभएको अस्पतालले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij