Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

तनहुँमा झोलुङ्गे पुलबाट हाम फालेकी किशोरीको सकुशल उद्धार

तनहुँमा झोलुङ्गे पुलबाट हाम फालेकी किशोरीको सकुशल उद्धार


  • 1.1K
    Shares

    तनहुँमा झोलुङ्गे पुलबाट हाम फालेकी किशोरीको सकुशल उद्धार
    images

    काठमाडौं । तनहुँको ब्यास नगरपालिका-३ स्थित झोलुङ्गे पुलबाट नदीमा हामा फालेकी किशोरीलाई प्रहरीले उद्धार गरेको छ । बिहीबार राति ८ बजेर ३० मिनेटमा किशोरीले चारघरेस्थित झोलुङ्गे पुलबाट हाम फालेकी हुन् ।

    नदीको बिच भागबाट अड्किएको अवस्थामा उनलाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी द्वारिका घिमिरेले बताएका छन् । डीएसपी घिमिरेको नेतृत्वमा २० जना प्रहरी र सेनाको काली भञ्जन गण चापाघाटबाट खटिएका डुङ्गा सहितका १० जना सैनिकले उनको उद्धार गरेका हुन् । 

    राति साढे ११ बजे उद्धार गरेर उनलाई उपचारका लागि प्रदेश अस्पताल दमौली पठाइएको डीएसपी घिमिरेले जानकारी दिएका छन् ।  

     

    प्रकाशित मिति :आषाढ २६ २०८३ शुक्रवार - १०:४७:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij