Logo

२०८३ कार्तिक १६ गते सोमवार

२०८३ कार्तिक १६ गते सोमवार

गणेश नेपालीको अवस्थाबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै वीर अस्पताल

गणेश नेपालीको अवस्थाबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै वीर अस्पताल


  • 1.1K
    Shares

    गणेश नेपालीको अवस्थाबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै वीर अस्पताल
    images

    काठमाडौं ।  जलनका बिरामी मुगु सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको अवस्थाबारे जानकारी दिन वीर अस्पतालले पत्रकार सम्मेलन गर्ने भएको छ । बिहान १० बजे उनको अवस्थाबारे जानकारी दिन लागिएको हो । 

    उपचारमा संलग्न चिकित्सकहरूले उनको अवस्था अस्थिर रहेको बताउँदै आएका छन् । नेपालीलाई भारतको नयाँदिल्लीस्थित ‘एम्स’ अस्पताल लैजाने तयारी भए पनि स्वास्थ्य स्थिर नभएको कारण वीर अस्पतालमै उपचार गरिएको छ । 

    वीर अस्पतालको ‘बर्न आइसियु वार्ड’मा ‘भेन्टिलेटरमा रहेका नेपालीको नेपालीको शरीर ५५ प्रतिशत जलन भएको जनाइएको छ ।

    वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा पियुष दाहालका नेतृत्वमा युनिट प्रमुख डा अपार लामिछाने, क्रिटिकल केयरका डा निर्मण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा डा रविराम श्रेष्ठ र नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ जनाको विशेष टोली नेपालीको उपचारमा सम्लग्न रहेका छन् । 

    प्रकाशित मिति :आषाढ २६ २०८३ शुक्रवार - १०:०४:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij