Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

धोबीखोला हाम फालेकी महिला मृत भेटिइन्

धोबीखोला हाम फालेकी महिला मृत भेटिइन्


  • 1.2K
    Shares

    धोबीखोला हाम फालेकी महिला मृत भेटिइन्
    images

    काठमाडौं । काठमाडौंको धोबीखोलामा हाम फालेकी महिला मृत अवस्थामा भेटिएकी छिन् ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार, बल्खु कुमारी क्लबभन्दा तल खोलामा ती महिला मृत अवस्थामा फेला परेकी हुन् । कालोपुल र रातोपुलबीचको धोबीखोलामा एक महिलाले हामफालेकी थिइन् । अन्दाजी ३५ वर्ष जतिकी महिलाले खोलामा हाम फालेको प्रहरीले बताएको छ । 

    यद्यपि उनको परिचय भने खुलिसकेको छैन । के कारणले उनले खोलामा हाम फालिन् भन्ने पनि खुलेको छैन । घटनालगत्तै प्रहरी उनको खोजीमा खटिएको थियो ।

     

    प्रकाशित मिति :आषाढ २५ २०८३ बिहिवार - १७:४१:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij