Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सुकुम्बासीलाई विकल्पविहीन रूपमा नहटाउन मानव अधिकार आयोगको निर्देशन

सुकुम्बासीलाई विकल्पविहीन रूपमा नहटाउन मानव अधिकार आयोगको निर्देशन


  • 974
    Shares

    सुकुम्बासीलाई विकल्पविहीन रूपमा नहटाउन मानव अधिकार आयोगको निर्देशन
    images

    काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौंका विभिन्न स्थानबाट हटाइएका सुकुम्बासीहरूलाई पुनः होल्डिङ सेन्टरबाट पनि निकाल्न खोजिएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

    आयोगले उनीहरूको जीवन, स्वतन्त्रता, समानता र मर्यादाको सम्मान गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ। आयोगका उपसचिव एवं सहायक प्रवक्ता श्यामबाबु काफ्लेद्वारा जारी प्रेस विज्ञप्ति अनुसार, सरकारले सुकुम्बासीहरूलाई होल्डिङ सेन्टर खाली गर्न दिएको ५ दिने र थप ७ दिने अल्टिमेटमप्रति आपत्ति जनाइएको छ।

    राज्यका कार्यकारी निकायहरूले बिना कुनै विकल्प, गाँसबासको व्यवस्था नगरी र अभिभावकत्व ग्रहण नगरी सुकुम्बासीहरूलाई हटाउन खोज्दा आवास, खाद्यान्न, शिक्षा, स्वास्थ्य र जीविकोपार्जन जस्ता बहुआयामिक अधिकारहरूमा गम्भीर सङ्कट उत्पन्न भएको आयोगको ठहर छ। 

    आयोगले यसअघि पनि आवासको अधिकार सम्बन्धी ऐन २०७५ र विभिन्न अन्तर्राष्ट्रिय मानव अधिकार सन्धिहरूलाई आधार मानी सुकुम्बासीहरूको व्यवस्थापनका लागि सरकारका विभिन्न निकायहरूमा सिफारिस र पत्राचार गरेको स्मरण गराएको छ। ती पत्राचार र आयोगको अनुगमन प्रतिवेदनलाई सम्बोधन नगर्दा यस्तो अवस्था आएको विज्ञप्तिमा उल्लेख छ। आयोगले सुकुम्बासीहरूको मानव अधिकार जोखिममा पर्ने कुनै पनि कार्य नगर्न सरकारलाई सचेत गराएको छ।

    nhrc-nepal-press-release-2083-3-25_QcQInuO8CK (1).jpg

    प्रकाशित मिति :आषाढ २५ २०८३ बिहिवार - १७:३०:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij