२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेटमा आत्मदाह प्रयास गरेका २५ वर्षका गणेश नेपालीको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अहिले उनको वीर अस्पतालमा उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सक डा। पीयूष दाहालका अनुसार शरीरको धेरै भाग जलेका कारण उनलाई आईसीयूमा राखेर उपचार गर्ने तयारी भइरहेको छ ।
प्लास्टिक सर्जन डा। दाहालका अनुसार, बिरामीको अनुहार, घाँटी, छाती, दुवै हात तथा खुट्टाको केही भागमा समेत गम्भीर जलन भएको छ । शरीरको करिब ६० प्रतिशत भाग जलेको प्रारम्भिक अनुमान गरिएको उनले बताएका छन् ।
उनका अनुसार बिरामीले सामान्य रूपमा बोल्न सक्ने अवस्था भए पनि स्वास्थ्य अवस्था अझै संकटपूर्ण छ । जलनका कारण हुने सम्भावित जटिलतालाई मध्यनजर गर्दै चिकित्सकहरूको निगरानीमा सघन उपचार सुरु गरिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij