Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

मोटरसाइकलमा ह्वील लक लगाएपछि आत्मदाह प्रयास, खुल्यो युवाको पहिचान

मोटरसाइकलमा ह्वील लक लगाएपछि आत्मदाह प्रयास, खुल्यो युवाको पहिचान


  • 2.1K
    Shares

    मोटरसाइकलमा ह्वील लक लगाएपछि आत्मदाह प्रयास,  खुल्यो युवाको पहिचान
    images

    काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाह प्रयास गर्ने युवाको पहिचान खुलेको छ । उनी मुगुका २५ वर्षीय गणेश नेपाली हुन् । 
    राहदानी विभागको ३ नम्बर गेटमा उनले आफ्नो मोटरसाइकल पार्किङ गरेका थिए । काठमाडौं महानगरपालिको नगरप्रहरीले

    मोटरसाइकलमा जथाभावी पार्किङ गरेको भनेर उनको मोटरसाइकलमा ह्वील लक लगाइदियो । त्यसपछि उनले आफ्नै मोटरसाइकलको पेट्रोल निकालेर शरीरमा आगो लगाएका हुन् ।

    काठमाडौंका प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले आत्मदाह प्रयासको अन्य कारणबारे अनुसन्धान भइरहेको बताए । वीर अस्पतालमा उपचाररत नेपालीको अवस्था अहिले सामान्य छ ।

    प्रकाशित मिति :आषाढ २५ २०८३ बिहिवार - १५:१२:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij