Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

राहदानी विभागको गेटमा एक पुरुषले गरे आत्मदाह प्रयास

राहदानी विभागको गेटमा एक पुरुषले गरे आत्मदाह प्रयास


  • 1.1K
    Shares

    राहदानी विभागको गेटमा एक पुरुषले गरे आत्मदाह प्रयास
    images

    काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडि एक पुरुषले आत्मदाहको प्रयास गरेका छन्। 

    जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ती व्यक्तिले सार्वजनिक स्थलमै आफूलाई हानि पुर्‍याउने प्रयास गरेका हुन्। घटनास्थलमा रहेका सुरक्षाकर्मी र प्रहरीले तत्कालै उद्धार गरी उनलाई उपचारका लागि वीर अस्पताल पुर्‍याएका छन्। 

    जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार घाइतेको उपचार भइरहेको छ। प्रहरीका अनुसार ती पुरुषको पहिचान र यस्तो कदम चाल्नुको कारण अझै खुल्न सकेको छैन र घटनाबारे थप अनुसन्धान भइरहेको छ।

    प्रकाशित मिति :आषाढ २५ २०८३ बिहिवार - १४:३७:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij