Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

नेकपा प्रश्नः सुशासन सत्तापक्षलाई लाग्दैन ?

नेकपा प्रश्नः सुशासन सत्तापक्षलाई लाग्दैन ?


  • 799
    Shares

    नेकपा प्रश्नः सुशासन सत्तापक्षलाई लाग्दैन ?
    images

    काठमाडौं । प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेशकुमार हमालले सुशासन सत्ता पक्षलाई लाग्दैन ? भनि सरकारलाई प्रश्न गरेका छन् । बिहीवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले उक्त कुरा गरेका हुन् ।

    प्रधानमन्त्री बालेन्द्र साहदेखि सत्तारुढ दलका कुनैपनि व्यक्तिलाई सरकारले सुशासनको मामिलामा छुट दिएको भन्दै सांसद हमालको आक्रोश थियो । उनले वर्तमान सरकारले जवाफदेहिता र पारदर्शिता विपक्ष दलहरुसँग मात्रै खोजेर प्रतिसोधको राजनीति गरिरहेको जिकिर पनि गरेका छन् । सांसद हमालले विपक्षलाई विना कारण पहिला थुन्ने अनि हेर्ने काम मात्रै सरकारले गरिरहेको भन्दै आपत्ति जनाएका छन्।

    उनले भने,‘ सरकारका कतिपय गतिविधि प्रतिशोधपूर्ण हुन कि भन्ने भान हुनेगरी काम गरिराखेको छ । आतंकित तुल्याउने गरी काम गरिराखेको छ । हिजो कुरा उठेको थियो । पहिला थुन्ने अनि सुन्ने । मलाई त्यस्तो लाग्दैन । पहिला थुन्ने अनि जे पर्छ हेर्ने । त्यो नियतिमा सरकार गईरहेको छ । त्यसैले सुशासनको विषयमा गम्भिर प्रश्न उठेको छ । सुशासन सत्ता पक्षलाई लाग्दैन ? सरकार प्रमुखदेखि, सरकारमा रहेकादेखि, यो संसदमा रहेकाहरु पारदर्शी हुनुपर्दैन, जवाफदेही हुनु पर्दैन ? जवाफदेहिता अरुलाई मात्रै थोपर्ने हो रु’

     

    प्रकाशित मिति :आषाढ २५ २०८३ बिहिवार - १४:२१:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij