Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

युएईका व्यपारमन्त्री थानी र परराष्ट्रमन्त्री खनालबिच भेटवार्ता

युएईका व्यपारमन्त्री थानी र परराष्ट्रमन्त्री खनालबिच भेटवार्ता


  • 1.7K
    Shares

    युएईका व्यपारमन्त्री थानी र परराष्ट्रमन्त्री खनालबिच भेटवार्ता
    images

    काठमाडौं । संयुक्त अरब इमिरेट्सका वैदेशिक व्यापार मन्त्री डा.थानी बिन अहमद अल जेयुदी नेतृत्वको प्रतिनिधिमण्डलले परराष्ट्र मन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेको छ ।

    परराष्ट्र मन्त्रालयमा बिहीबार भएको भेटघाटमा नेपाल र संयुक्त अरब इमिरेट्सबिचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा गहन छलफल भएको मन्त्रालयले जनाएको हो । विशेषगरी व्यापार, लगानी, एआइ, डिजिटल रूपान्तरण, पर्यटन, श्रम बसाइँसराइ, पूर्वाधार विकास, नवीकरणीय ऊर्जा लगायतको विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । 

    युएईको ‘सोभरेन वेल्थ फन्ड’ मार्फत नेपालमा लगानी वृद्धि गर्ने विषयमा पनि दुई पक्षको बिचमा कुराकानी भएको बताइएको छ । परराष्ट्र मन्त्री खनालले दुई देशबिचको मित्रता र बढ्दो सहकार्यको बारेमा आफ्नो धारणा राखेका थिए । 

    छलफलमा उनले नेपालको कन्सुलर सेवा विभागबाट प्रमाणित भइसकेको नेपाली नागरिकहरूको प्रहरी प्रतिवेदनलाई युएई सरकारले पुनः प्रमाणीकरण गर्नुपर्ने विद्यमान व्यवस्थालाई हटाएर प्रक्रिया सहज बनाइ दिन आग्रह गरेको जनाएको छ ।   

    प्रकाशित मिति :आषाढ २५ २०८३ बिहिवार - १४:०५:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij