२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । कैलालीको टीकापुर प्रादेशिक अस्पतालमा ल्याब इन्चार्ज उमेश बजगाईँमाथि कुटपिट गरेको आरोपमा करार सेवामा कार्यरत फिजियोथेरापिस्ट अनिल तिवारी पक्राउ परेका छन्।
अस्पतालको सामान खरिद सम्बन्धी विवादलाई लिएर तिवारीले मेसु (मेडिकल सुपरिटेन्डेन्ट) को अगाडि दुर्व्यवहार गरेपछि बजगाईँ आफ्नो कार्यकक्षतर्फ लागेका थिए। सोही क्रममा तिवारीले बजगाईँमाथि अस्पतालभित्रै कुटपिट गरेको सीसीटीभी फुटेज सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।
अस्पतालको सिफारिस र बजगाईँको निवेदनका आधारमा इलाका प्रहरी कार्यालयले तिवारीलाई नियन्त्रणमा लिएको छ। घटनाको छानबिनका लागि अस्पताल व्यवस्थापन समितिले समिति समेत गठन गरेको छ भने प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij