Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

साउन १ गतेदेखि नै विकास आयोजनाको टेण्डर आह्वान गर्न सांसद गजुरेलको माग

साउन १ गतेदेखि नै विकास आयोजनाको टेण्डर आह्वान गर्न सांसद गजुरेलको माग


  • 1.2K
    Shares

    साउन १ गतेदेखि नै विकास आयोजनाको टेण्डर आह्वान गर्न सांसद गजुरेलको माग
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद आशिष गजुरेलले आगामी नयाँ आर्थिक वर्षको पहिलो दिनदेखि नै बजेट तथा कार्यक्रम कार्यान्वयनमा तदारुकता देखाउन सरकारसँग माग गरेका छन्  । 

    प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद गजुरेलले बजेट र कार्यक्रम सदनबाट पारित भइसकेको सन्दर्भमा अब सरकारको पूर्ण ध्यान प्रभावकारी कार्यान्वयनमा केन्द्रित हुनुपर्ने बताएका छन् । आगामी साउन १ गतेदेखि नयाँ आर्थिक वर्ष शुरु हुन लागेको उल्लेख गर्दै उनले सोही दिनदेखि नै विकास आयोजनाका बोलपत्र (टेण्डर) आह्वान हुनुपर्नेमा जोड दिएका छन् ।

    उनले सरकारलाई स्पष्ट कार्ययोजनाका साथ अघि बढ्न सुझाव दिँदै पुँजीगत खर्चको कमजोर अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन्। स्पष्ट योजनाविना काम गर्दा आर्थिक वर्षको अन्त्यमा न्यून पुँजीगत खर्च हुने र त्यसले जनतामा नकारात्मक सन्देश जाने उनको तर्क छ । 

    उनले भने, ‘साउन १ गते गोरखापत्रका पानाहरू विकास निर्माणका टेण्डरले भरिनुपर्छ, आवश्यक परे पाना थप गरेर भए पनि सूचनाहरू प्रकाशित हुनुपर्छ । यसो भएमा मात्र पुँजीगत खर्च वृद्धि गर्न र विकासका योजनाहरूलाई गति दिन सम्भव हुन्छ । यदि स्पष्ट कार्ययोजना नबनाउने र विगतमा जस्तै ४० प्रतिशत मात्र पुँजीगत खर्च भएको विवरण प्रश्तुत गर्ने हो भने हामी जनतासामु जवाफदेही हुन सक्दैनौँ ।’ 

    प्रकाशित मिति :आषाढ २५ २०८३ बिहिवार - १३:३५:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij