Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

जडीबुटीबाट ३२ जना बिचौलिया पक्राउ

जडीबुटीबाट ३२ जना बिचौलिया पक्राउ


  • 939
    Shares

    जडीबुटीबाट ३२ जना बिचौलिया पक्राउ
    images

    काठमाडौं । प्रहरीले काठमाडौंको जडीबुटीबाट बिचौलियाहरूलाई नियन्त्रणमा लिएको छ । सार्वजनिक सवारी साधनमा उपत्यकाबाट पूर्वतिर जान खोज्ने यात्रुहरूलाई तानातान गरेर हैरानी गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।

    बिहीबार बिहान जडीबुटीबाट ३२ जनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताएका छन् ।

    जडीबुटीमा अरनिको यातायातले रामेछाप, दोलखा र सिन्धुपाल्चोकतर्फ चल्ने बसहरू छुट्ने बसपार्क सञ्चालन गरेको छ । बिचौलियाहरूले गाडीमा सिट मिलाइदिने नाममा यात्रुको झोला तान्ने र अशोभनीय तरिकाले महिलाहरूलाई हात समातेर दुर्व्यवहार गर्ने गरेका गुनासो आएको एसएसपी खड्काले जानकारी दिएका छन् ।

    प्रहरीको सिआरएस (क्रिमिनल रेकर्ड सिस्टम) मा आरोपीहरुको विवरण जाँच गरेर थप अनुसन्धान गरिने एसएसपी खड्काले जानकारी दिएका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार काठमाडौँको बल्खु क्षेत्रबाट १७ जना बिचौलियालाई पक्राउ गरेको थियो । हिजो पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको एसएसपी खड्काले बताएका छन् । 

    प्रकाशित मिति :आषाढ २५ २०८३ बिहिवार - १३:०८:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij