Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सरकारलाई एमाले सांसद बरालको प्रश्नः सुकुम्बासीले बाँच्न पाउने कि नपाउने ?

सरकारलाई एमाले सांसद बरालको प्रश्नः सुकुम्बासीले बाँच्न पाउने कि नपाउने ?


  • 1.1K
    Shares

    सरकारलाई एमाले सांसद बरालको प्रश्नः सुकुम्बासीले बाँच्न पाउने कि नपाउने ?
    images

    काठमाडौ । नेकपा (एमाले) कि सांसद यशुदाकुमारी बरालले सरकारले सुकुम्बासीमाथि अमानवीय व्यवहार गरेको भन्दै आपत्ति जनाएकी छन् । 

    बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सुकुम्बासीलाई सडकमा धकेल्दा उनीहरुको मानव अधिकार हनन हुन्छ कि हुँदैन ? भनि सरकारलाई प्रश्न समेत गरीन् । सांसद बरालले सुकुम्बासीहरुको बाँच्न पाउने अधिकार सुनिश्चित गर्न पनि सरकारलाई सचेत गराएकी छन् ।

    उनले भनिन्, ‘सुकुम्बासी जनता हुन कि होइनन ? उहाँहरुले बाँच्न पाउने कि नपाउने । र, उहाँहरुलाई २५ हजार पैसा हातमा थमाएर सडकमा धकेलिदिँदा मानव अधिकार हनन हुन्छ कि हुँदैन ? उहाँहरुले स्वतन्त्रतापूर्वक बाँच्न पाउनु हुन्छ कि हुन्न ? र, यी गरिवका आँशु धेरै महंगा हुनेछन । यस विषयमा सरकार र सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन चाहन्छु ।’

    सांसद बरालले प्रधानमन्त्री बालेन्द्र साहले संसदलाई अपमान गरेर गैर जिम्मेवार व्यवहार प्रर्दशन गरिरहेको आरोप समेत लगाएकी छन्। 

    प्रकाशित मिति :आषाढ २५ २०८३ बिहिवार - १२:०८:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij