Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

स्कुल बसले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु, २ जना घाइते

स्कुल बसले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु, २ जना घाइते


  • 1.1K
    Shares

    स्कुल बसले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु, २ जना घाइते
    images

    काठमाडौ । सिरहामा स्कुल बस र मोटरसाइकल ठोकिंदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

    पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत गोलबजार नगरापालिका-९ चोहवामा मे.१ख २३६३ नम्बरको शिव शक्ति बाल बोर्डिङग स्कुलको बसमा सोही दिशाबाट आउँदै गरेको म.प्र.०१-००५ प ३४०६ नम्बरको मोटरसाइकल ठोकिंदा मोटरसाइकलमा सवार परिचय नखुलेका युवकको मृत्यु भएको हो।

    दुर्घटनामा मिर्चया-५ का २४ वर्षीय शंख रिहान र १९ वर्षीय यनतियाज राइन घाइते भएका छन् ।

    पूर्वबाट पश्चिमतर्फ गइरहेको बस एक्कासी उत्तर गोविन्दपुरतर्फ मोडिंदा सोही दिशाबाट आउँदै गरेको मोटरसाइकल बसमा ठोकिएको प्रहरीको भनाइ छ।

     

    प्रकाशित मिति :आषाढ २५ २०८३ बिहिवार - १२:०५:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij