Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

विरोध गर्ने शैली फेर्न विपक्षीलाई सभामुखको आग्रह

विरोध गर्ने शैली फेर्न विपक्षीलाई सभामुखको आग्रह


  • 771
    Shares

    विरोध गर्ने शैली फेर्न विपक्षीलाई सभामुखको आग्रह
    images

    काठमाडौ । सभामुख डोलप्रसाद अर्यालले संसद्‍मा विरोध गर्ने शैली फेर्न विपक्षी दलहरूलाई आग्रह गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहको सीमा विवादबारेको अभिव्यक्तिमा प्रश्न उठाएर विपक्षी दलहरूले ४० दिनदेखि बैठकको सुरुमा विरोध गर्दै आएका छन् ।

    निरन्तर एउटै विषयमा सबै विपक्षी दलका सांसदहरूले विरोध गर्दै आएपछि सभामुखले बिहीबार विपक्षी दलहरूको तर्फबाट एक जनाले कुरा राख्ने र सभालाई अगाडि बढाउने प्रस्ताव राखेका छन् । त्यसअनुसार नेपाली कांग्रेसकी सांसद नेपाली कांग्रेसकी सांसद हरिनादेवी कामीलाई समय दिएका थिए ।

    तर एक जनाले मात्रै कुरा राखेर अगाडि बढ्ने विषयमा विपक्षी दलहरू सहमत भएनन् । त्यसपछि संसद्मा विरोध गर्ने शैली फेर्न विपक्षीलाई सभामुख अर्यालले आग्रह गरेका हुन् ।

     

    प्रकाशित मिति :आषाढ २५ २०८३ बिहिवार - ११:५८:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij