२०८३ आश्विन १ गते बिहिवार
काठमाडौ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी सांसद हरिनादेवी कामीले होल्डिङ सेन्टरमा आश्रय लिइरहेको सुकुम्बासीहरुलाई ५ दिनभित्र हटाउने अमानवीय अल्टिमेटम तत्काल फिर्ता लिन सरकारसँग माग गरेकी छन् ।
बिहीवार प्रतिनिधि सभा बैठकको सुरुमा बोल्दै उनले उक्त माग गरेकी हुन् । सांसद कामीले सरकारले सुकुम्बासीहरुको समस्या समाधानका लागि तत्काल कार्ययोजना सार्वजनिक गर्नुपर्ने पनि बताएकी छन् । सरकारले सुकुम्बासीहरुको समस्या नगद बाँडेर अस्थायी रुपमा समाधान गर्न खोज्न नहुने पनि सांसद कामीको भनाई थियो । उनले उनीहरुलाई सुरक्षित आवाससहितको व्यवस्था सरकारले गर्नुपर्ने बताएकी छन् ।
सांसद कामीले भने,‘५ दिन भित्र आश्रय खाली गर्न दिइएको अल्टिमेटम फिर्ता लिईयोस् । लगतबाट छुटेका वास्तविक सुकुम्बासीको निष्पक्ष पहिचान गरी उनीहरुलाई पनि सम्मानसहित राहतको व्यवस्था गरियोस । अर्का अस्थायी रुपमा नगद बाँडेर जिम्मेवारीबाट पन्छिने होइन, उनीहरुलाई सुरक्षित आवास र दिर्घकालीन समाधानको कार्ययोजना तत्काल सार्वजनिक गरियोस् ।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij