Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

खसीको मासुमा मनपरी भाउ बढाएपछि सरकारले मूल्यको सीमा तोक्ने तयारी

खसीको मासुमा मनपरी भाउ बढाएपछि सरकारले मूल्यको सीमा तोक्ने तयारी


  • 1.2K
    Shares

    खसीको मासुमा मनपरी भाउ बढाएपछि  सरकारले मूल्यको   सीमा तोक्ने तयारी
    images

    काठमाडौं । बजारमा खसीको मासुको भाउ अचाक्ली बढाएपछि सरकारले मूल्यको सीमा तोक्ने तयारी थालेको छ ।
    पछिल्लो केही समयदेखि काठमाडौंमा खसीको मासुको मूल्य प्रतिकिलो १ हजार ६ सय रुपैयाँसम्म पुर्‍याइएको र व्यापारीहरूले अभावको कृत्रिम बहाना बनाएको जनगुनासो आएपछि कृषि, वन तथा पर्यावरण मन्त्रालयले यस्तो तयारी गरेको हो ।

    खासगरी बर्डफ्लुको डरका कारण कुखुराको मासुको विकल्पमा खसीको मासुको माग बढेको मौका छोपी व्यापारीहरूले प्रतिकिलो ३ सयदेखि ४ सय रुपैयाँसम्म मूल्य वृद्धि गरेका छन् । अझ केही मासु पसलले खसी पाउन छाडेको बताइरहेका छन् ।

    यसैबीच, कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले बजार मूल्यमा भएको वृद्धिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएकी छन् । मन्त्री चौधरीको सचिवालयका अनुसार मन्त्रालयले बजारको वास्तविक मूल्य र अवस्थाको विस्तृत तथ्याङ्क संकलन गरिसकेको छ ।

    प्रकाशित मिति :आषाढ २५ २०८३ बिहिवार - ११:०१:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij