Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

सरकारी कर्मचारीले कार्यालय पोसाकमा फोटो/भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्न नपाउने (पूर्णपाठसहित)

सरकारी कर्मचारीले कार्यालय पोसाकमा फोटो/भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्न नपाउने (पूर्णपाठसहित)


  • 1.3K
    Shares

    सरकारी कर्मचारीले कार्यालय पोसाकमा फोटो/भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्न नपाउने (पूर्णपाठसहित)
    images

    काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीहरूका लागि ‘कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता, २०८३’ जारी गरेको छ। मन्त्रालयले कर्मचारीको आचरण र व्यवहारलाई निष्पक्ष, सदाचारयुक्त, अनुशासित र मर्यादित बनाई कार्यसम्पादन र सेवा प्रवाहमा प्रभावकारिता ल्याउन आचारसंहिता लागू गरिएको मन्त्रालयले जनाएको हो । 

    मन्त्री प्रतिभा रावलस्तरीय निर्णयबाट असार १६ गते स्वीकृत भएको र असार २२ गतेबाट कार्यान्वयनका लागि सबै महाशाखा र निकायहरूमा पठाइएको आचारसंहितामा कर्मचारीहरूलाई सामाजिक सञ्जालको प्रयोगमा कडाइ गरेको छ । कर्मचारीले कार्यालयको काममा रहेको समयमा कार्यालय परिसर वा फिल्डमा खटिएको अवस्थामा कार्यालयको पोसाकमा खिचिएका फोटो वा भिडियोहरू सामाजिक सञ्जालमा राख्न नपाउने आचार संहितामा उल्लेख छ । तर, शिक्षामूलक वा सूचनामूलक सामग्रीका हकमा भने यो नियम लागू नहुने आचारसंहितामा लेखिएको छ । 

    फेसबुक, ट्वीटर, ह्वाट्सएप, टिकटक जस्ता सञ्जालहरू प्रयोग गर्दा सेवाको मर्यादा र आस्थामा आँच नआउने गरी व्यावसायिक सतर्कता अपनाउनुपर्ने सर्त पनि आचार संहितामा राखिएको छ । 

    कर्मचारीहरूले कार्यालय समयको पूर्ण पालना गर्नुपर्ने, तोकिएको पोसाक र परिचयपत्र अनिवार्य रूपमा लगाउनुपर्ने व्यवस्था गरिएको छ। सरकारी प्रतीक चिन्ह, छाप, इमेल, पासवर्ड र सरकारी कागजातहरूको सुरक्षा गर्ने जिम्मेवारी कर्मचारीको हुनेछ। सरकारी सम्पत्ति, सूचना प्रणाली र उपकरणहरूको दुरुपयोग गर्न नपाइने र व्यक्तिगत लाभका लागि प्रयोग गर्न नपाइने आचारसंहितामा उल्लेख छ।

     

     

    प्रकाशित मिति :आषाढ २५ २०८३ बिहिवार - १०:२५:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij