२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बासबिच द्विपक्षीय भेटवार्ता भएको छ। उनीहरूबिच मन्त्री यादवको कार्यकक्षमा आज भेटवार्ता भएको हो ।
भेटवार्तामा पछिल्लो समय इजरायल जाने नेपाली श्रमिकलाई देखा परेका समस्या समाधान गर्न छलफल भएको छ । भेटमा इजरायल जान इच्छुक श्रमिकलाई केन्द्रित गरेर स्वास्थ्य जाँच र भाषा परीक्षाको विषयमा छलफल भएको हो।
छलफलमा मन्त्री यादव र राजदूत एरी बासले निरन्तर द्विपक्षीय भेटवार्ता गर्दै श्रमिकका समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij