२०८३ श्रावण ११ गते सोमवार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० संसदीय दलका नेता ज्ञानबहादुर शाहीले प्रधानमन्त्री बालेन्द्र साहले ट्राफिक नियम उल्लंघन गरेको दाबी गर्दै तत्काल कारबाही हुनुपर्ने माग गरेका छन् ।
बुधवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले प्रधानमन्त्री साह र गृहमन्त्री सुधन गुरुङले सिटबेल्ट समेत नलगाई गाडी चलाएर ट्राफिक नियम उल्लंघन गर्दा पनि कारबाही नभएको भन्दै असन्तुष्टि व्यक्त समेत व्यक्त गरेका छन्।
नेता शाहीले उक्त ट्राफिक उल्लंघनको घटनाबारे पत्रकारहरुले पनि समाचार नबनाएको गुनासो समेत गरेका छन् । सम्पती शुद्धिकरणको डरले सञ्चार माध्यामहरुले पनि प्रधानमन्त्री साह र गृहमन्त्री गुरुङले ट्राफिक नियम उलंघन गर्दा पनि समाचार नबनाएको उनको जिकिर थियो ।
नेता शाहीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई ट्राफिक नियम उल्लंघन गर्दा कारबाही गरेको दृष्टान्त पेश गर्दै प्रधानमन्त्री साह र गृहमन्त्री गुरुङलाई भने उक्त कारबाही नगरेर सरकारले विभेद गरेको पनि बताउका छन् ।
उनले भने,‘ सरकारले आफनो र पराई भनेर छुट्टयाउनु भएन । जस्तै सवारी साधनमा कारबाही गरियो नि त । मुख्यमन्त्री पनि कारबाहीमा परे भने गृहमन्त्री किन नपर्ने ? उहाँले पनि त गाडीमा सिटबेल्ट नलगाई चलाएको भिडियो होलिएको छ नि । प्रधानमन्त्री स्वयमले सिटबेल्ट नलगाई गाडी चलाएको भिडियो त सार्वजनिक छ त । यस विषयमा नेपालको कुनै मिडियाले लेख्न सक्यो त ? किनभने सम्पती शुद्धिकरणको सबैलाई डर छ जस्तो छ । तर हामीलाई छैन । हामी खुलमखुला छानविन गर्नुस भनिराखेका छौ । कारबाही गर्नुपर्दछ । त्यो राम्रो कुरा हो । तर प्रधानमन्त्री र गृहमन्त्रीलाई चाँहि किन कारबाही नगर्ने ? यस्तो गर्दै गइयो भने हिजोको सरकार र आजको सरकारबीच केही फरक हुँदैन है ।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij