२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । जनमत पार्टी सप्तरीका कोषाध्यक्ष नरेश अधिकारीलाई जबरजस्ती करणी तथा ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।अधिकारीविरुद्ध परेको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको हो।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी हेमराज घिमिरेका अनुसार अधिकारीविरुद्ध जबरजस्ती करणी र ठगीसम्बन्धी उजुरी दर्ता भएपछि उनलाई पक्राउ गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ।
उनलाई मंगलबार दिउँसो महादेवापट्टी क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij