Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

हेलम्बुमा शिक्षा तथा उद्यमशीलता सहयोग कार्यक्रम सञ्चालन हुँदै

हेलम्बुमा शिक्षा तथा उद्यमशीलता सहयोग कार्यक्रम सञ्चालन हुँदै


  • 1.3K
    Shares

    हेलम्बुमा शिक्षा तथा उद्यमशीलता सहयोग कार्यक्रम सञ्चालन हुँदै
    images

    सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा शिक्षा तथा उद्यमशीलता सहयोग कार्यक्रम सञ्चालन हुने भएको छ। टर्न की डेभलपमेन्ट ग्रुपमार्फत सञ्चालन हुने उक्त परियोजनाले शिक्षा सुधारसँगै विद्यार्थीमा उद्यमशीलता विकास गर्ने लक्ष्य लिएको छ।

    परियोजनाअन्तर्गत आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराइनेछ। साथै हेलम्बु बोधिसत्व मोडल विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीका लागि गणित, विज्ञान र अंग्रेजी विषयमा डिजिटल प्रविधिमा आधारित भर्चुअल दूरशिक्षा कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

    विद्यालयमा आधारित खाद्य उद्यम ९क्अजयय िँययम भ्लतभचउचष्कभ० स्थापना गरी छात्रावासमा बस्ने विद्यार्थीलाई पोषणयुक्त खाना उपलब्ध गराउने योजना पनि रहेको छ। कृषि तथा पशुपालनसँग सम्बन्धित उद्यम स्थापना, आवश्यक तालिम तथा प्राविधिक सहयोग प्रदान गर्ने कार्यक्रमको उद्देश्य रहेको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए।

    परियोजनाले विद्यार्थीको सिकाइ उपलब्धि सुधार गर्नुका साथै सीप विकास, नवप्रवर्तन र रोजगारीमुखी क्षमता अभिवृद्धिमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। स्थानीय समुदाय, विद्यालय व्यवस्थापन समिति र सरोकारवाला निकायसँग समन्वय गरी कार्यक्रम सञ्चालन गरिनेछ।

    हेलम्बु क्षेत्रमा शिक्षा र उद्यमशीलताको विकासमार्फत विद्यार्थी तथा स्थानीय समुदायलाई दीर्घकालीन रूपमा लाभ पुर्‍याउने लक्ष्यसहित यो परियोजना जुलाई २०२६ देखि जुन २०२७ सम्म सञ्चालन हुने जनाइएको छ।

    प्रकाशित मिति :आषाढ २४ २०८३ बुधवार - १७:२३:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij