Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

माध्यमिक विद्यालयका शिक्षककै शैक्षिक प्रमाणपत्र नक्कली !

माध्यमिक विद्यालयका शिक्षककै शैक्षिक प्रमाणपत्र नक्कली !


  • 876
    Shares

    माध्यमिक विद्यालयका शिक्षककै शैक्षिक प्रमाणपत्र नक्कली !
    images

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    शिक्षक गुन्जेश्वर मण्डलले शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली  पेस गरी शिक्षक पदमा नियुक्ति लिएर भ्रष्टाचार गरेको आरोपमा आयोगले उनीमाथि मुद्दा दायर गरेको हो ।

    आयोगका अनुसार मण्डलले  पीसीएल र ब्याचलरको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी नियुक्ति लिएर भ्रष्टाचार गरेको आरोप छ ।

    भारतस्थित बिहार इन्टरमिडियट एजुकेसन काउन्सिल पटनाबाट आईएस्सी र चौधरी चरण सिंह विश्वविद्यालय मेरठबाट विज्ञानमा स्नातक तह उत्तीर्ण गरेको भनी झुट्टा शैक्षिक प्रमाणपत्र पेस गरी माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदमा उनले नियुक्ति लिएको पाइएको आयोगको आरोपमा पत्रमा उल्लेख छ ।

    प्रकाशित मिति :आषाढ २४ २०८३ बुधवार - १७:२०:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij