Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

केन्द्रीय कारागारबाट छुटे प्रतिक थापा

केन्द्रीय कारागारबाट छुटे प्रतिक थापा


  • 869
    Shares

    केन्द्रीय कारागारबाट छुटे प्रतिक थापा
    images

    काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका प्रतिक थापा केन्द्रीय कारागारबाट  छुटेका छन् । काठमाडौं जिल्ला अदालतको फैसला अनुसार थापालाई कारागारबाट रिहा गरिएको केन्द्रीय कारागारका जेलर कृष्ण चापागाईंले बताएका छन् ।

    केन्द्रीय कारागारबाट छुटेपछि उनलाई प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थित गराएको छ । भ्रष्टाचार सम्बन्धी मुद्दामा उपस्थित गराए पनि सार्वजनिक पद धारण नगरेको देखिएपछि थापालाई अख्तियारले तारेखमा छाड्न लागेको छ । थापालाई तारेखमा राखेर अनुसन्धान गरिने अख्तियारका एक जना उच्च अधिकृतले  बताएका छन् । 

    भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगी धन्दा चलाएको कसुरमा मुद्दा दायर गरिएका ३० जना मध्ये प्रतिक सहित ७ जनाले सफाइ पाएका छन् । सफाइ पाउनेमा रामशरण केसी, टंककुमार गुरुङ, सन्दीप रायमाझी, प्रतिक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकी रहेका छन् । 


    प्रकाशित मिति :आषाढ २४ २०८३ बुधवार - १७:१०:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij