२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । सरकारले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव नियुक्त गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् । वर्तमान मुख्यसचिव सुमनराज अर्याल असार २६ गते अनिवार्य अवकासमा जाने भएपछि सरकारले नयाँ नियुक्ति गरेको हो ।
कार्की यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव रहेका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij