Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

खैरो हेरोइनसहित ५ जना पक्राउ

खैरो हेरोइनसहित ५ जना पक्राउ


  • 771
    Shares

    खैरो हेरोइनसहित ५ जना पक्राउ
    images

    काठमाडौं । खैरो हेराइनसहित ५ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय मंगलबारेकी इन्स्पेक्टर निकिता मिश्राको कमाण्डमा खटिएको टोलीले पाँच जनालाई पक्राउ गरेको हो ।

    रोशी गाउँपालिका–९ मंगलटारमा बागमती प्रदेश ०१-०३४ च ६५९४ नम्बरको कारमा सवार २० वर्षीया युवती रितु जैसीसहित पाँच जना पक्राउ परेका हुन्।

    जैसीले कम्मरमा बाँधेको ज्याकेटको गोजीबाट ६०.०६ ग्राम खैरो हेरोइन बरामद भएको हो । कारमा सवार पाँचै जनाको लागुऔषध सेवन परीक्षण गर्दा सबिन कोइराला र जगत खत्रीले लागुऔषध सेवन गरेको भेटिएको छ ।

    त्यसपछि पाँचै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ ।

     

     

    प्रकाशित मिति :आषाढ २४ २०८३ बुधवार - १५:२५:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij