Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

पद्मा अर्यालले संसद्‌मै सोधिन्- ‘रास्वपा वासिङ मेसिन हो ?’

पद्मा अर्यालले संसद्‌मै सोधिन्- ‘रास्वपा वासिङ मेसिन हो ?’


  • 652
    Shares

    पद्मा अर्यालले संसद्‌मै सोधिन्- ‘रास्वपा वासिङ मेसिन हो ?’
    images

    काठमाडौं । नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्मा अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि तिखो प्रहार गर्दै उसलाई ‘वासिङ मेसिन’ को संज्ञा दिएकी छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उपनेता अर्यालले रास्वपामा पस्ने बित्तिकै मान्छे जतिसुकै गलत भए पनि चोखिने र सबै ठीक हुने खालको गलत भाष्य निर्माण गर्न खोजिएको आरोप लगाइन्।

    "यसअघि गलत देखिएका र भनिएका व्यक्ति रास्वपामा लाग्ने बित्तिकै राम्रा भन्न थालिएको छ," संसद्‌मा प्रश्न गर्दै अर्यालले भनिन्, "रास्वपा वासिङ मेसिन हो? त्यहाँ पसेपछि सबै ठीक भइहाल्ने?" उनले सरकारको सय दिनको कार्यकालमा रास्वपाले चुनावमा लगाएको नाराभन्दा ठीक उल्टो काम गरेको टिप्पणी गरिन्।रास्वपाको चुनावी नारा 'जान्नेलाई छान्ने' तिर लक्षित गर्दै उनले भनिन्, "रास्वपाले जान्नेलाई छान्ने नारा लगाएको थियो। तर, व्यवहारमा जान्नेलाई फाल्ने र आफ्नालाई छान्ने नीतिलाई नै पुष्टि गरेको छ।" यसअघिका राजनीतिक नियुक्तिलाई अध्यादेशमार्फत हटाएको सरकारले अहिले चुनाव हारेका आफ्ना मान्छेहरूलाई भटाभट नियुक्ति दिइरहेको भन्दै सरकार सय दिनमै पूर्ण रूपमा चुकेको उनको दाबी थियो।

    उपनेता अर्यालले सरकारले सुशासनको नारा लगाए पनि पछिल्लो सय दिनमा तमासा मात्रै गरेको जिकिर गरिन्। सम्पत्ति छानबिन आयोगको प्रसंग निकाल्दै उनले थपिन्, "आफ्ना मान्छेहरूलाई छानबिनको दायरामा नराख्ने निर्णयसँगै सुशासनको तमासा र आयोग गठनको नियत प्रष्ट देखिन्छ।

    प्रकाशित मिति :आषाढ २४ २०८३ बुधवार - १५:१४:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij