२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार सिंह चीन प्रस्थान गरेका छन् । चार दिने भ्रमणका लागि सिंह बुधबार चीन गएको स्वकीय रञ्जित झाले जानकारी दिएका छन् ।
उनी शनिबार स्वदेश फर्किने कार्यक्रम छ । सिंह कुन प्रयोजनका लागि चीन गएको भन्ने विषयमा आफूलाई कुनै जानकारी नभएको झाले बताएका छन् ।
सिंहको चीन भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । पछिल्लो समय बालेन शाह नेतृत्वको सरकारसँग उनी असन्तुष्ट छन्। रास्वपाको चितवनमा भएको प्रथम महाधिवेशनमा पनि उनी सहभागी भएका थिएनन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij