Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

दीपाश्रीले सकिन् ‘पार्वती’को डबिङ

दीपाश्रीले सकिन् ‘पार्वती’को डबिङ


  • 1.6K
    Shares

    दीपाश्रीले सकिन् ‘पार्वती’को डबिङ
    images

    काठमाडौं । आगामी भदौ १२ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘पार्वती’को हाल धमाधम डबिङ भइरहेको छ। यसै क्रममा फिल्मकी मुख्य अभिनेत्री दीपाश्री निरौलाले आफ्नो भागको डबिङ सकाएकी छन् । 

    बडिङ सक्दै फिल्म आफूले सोचेभन्दा पनि उत्कृष्ट बनेको भन्दै खुसी व्यक्त गरिन् । फिल्मको फरक शैली र मन छुने पटकथाले आफ्नो मन छोएको उनको भनाईछ ।

    फिल्मकी कथाकार तथा निर्देशक नीता ढुङ्गाना अधिकारी हुन् । निर्देशक अधिकारीले अन्य कलाकारको समेत डबिङ छिट्टै सकिने बताइन् । 

    नीता फिल्मस्’को ब्यानरमा निर्माण भएको फिल्ममा निर्देशक नीता स्वयंका साथै दीपाश्री निरौला, अशोक दर्जी, सिरु बिष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेल लगायतको मुख्य अभिनय छ।

    हरिहर अधिकारी निर्माता रहेको फिल्मको लेखन शिवं अधिकारीले लेखेका हुन् भने शंकर पाण्डे कार्यकारी निर्माता तथा प्रोडक्सन म्यानेजरको भूमिकामा छन् ।   

    प्रकाशित मिति :आषाढ २४ २०८३ बुधवार - १४:००:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij