Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

बसको रङ परिवर्तन गरेर महिला सुरक्षा हुँदैन: हरिनादेवी कामी

बसको रङ परिवर्तन गरेर महिला सुरक्षा हुँदैन: हरिनादेवी कामी


  • 932
    Shares

    बसको रङ परिवर्तन गरेर महिला सुरक्षा हुँदैन: हरिनादेवी कामी
    images

    काठमाडौं । नेपाली कांग्रेसकी सांसद हरिनादेवी कामीले महिला सुरक्षाका लागि सार्वजनिक यातायातका बसको रङ निलो बनाउने सरकारको निर्णयप्रति कडा व्यङ्ग्य गरेकी छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद कामीले महिला सुरक्षा रङ बदलेर नभई कानुनको प्रभावकारी कार्यान्वयनबाट मात्र सम्भव हुने स्पष्ट पारिन्। 

    सांसद कामीले सरकारको यो कदमलाई ‘राजनीतिक स्टन्ट’ को संज्ञा दिँदै भनिन्, "महिलाको सुरक्षा बसको रङले सुनिश्चित हुन्छ कि कानुनको प्रभावकारी कार्यान्वयनले ? यदि बसको रङ परिवर्तन गरेर मात्रै सुरक्षा हुने भए समाजमा हुने अपराधहरू धेरै पहिले नै अन्त्य भइसक्थे। "उनले महिलालाई छुट्टै रङको बसभन्दा पनि हरेक सार्वजनिक स्थल र क्षेत्रमा सम्मान, समता र सुरक्षा चाहिएको उल्लेख गरिन्।

    राज्यको ढुकुटीको सही सदुपयोग हुनुपर्नेमा जोड दिँदै उनले थपिन्, "जनताले तिरेको कर रङ परिवर्तनमा होइन, वास्तविक सुरक्षा, कडा कानुनको कार्यान्वयन र आधारभूत सेवामा खर्च गरिनुपर्छ। "सांसद कामीको यस अभिव्यक्तिले सार्वजनिक यातायातमा महिला सुरक्षाका लागि सरकारले चालेका सतही कदम र वास्तविक नीतिगत सुधारको आवश्यकतामाथि संसद्‌मा ठूलो बहस छेडिदिएको छ।

    प्रकाशित मिति :आषाढ २४ २०८३ बुधवार - १३:३९:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij