Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

१५ वर्षे किशोरको शंकास्पद मृत्यु प्रकरण, वडा अध्यक्ष पक्राउ

१५ वर्षे किशोरको शंकास्पद मृत्यु प्रकरण, वडा अध्यक्ष पक्राउ


  • 1.2K
    Shares

    १५ वर्षे किशोरको शंकास्पद मृत्यु प्रकरण, वडा अध्यक्ष पक्राउ
    images

    काठमाडौं । पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष देउ कुमार आङदेम्बे कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका छन्। उनकै घरमा काम गर्दै आएका सोही स्थानका अन्दाजी १५ वर्षीय किशोर टठेनहाङ आङदेम्बेको शंकास्पद मृत्यु भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। 

    वि.सं. २०८१ साल असार १४ गते ती किशोर नाक र मुखबाट रगत बगेको अवस्थामा आफू सुतेकै ठाउँमा मृत फेला परेका थिए। घटनालगत्तै मृतकका बुवा खेमबहादुर आङदेम्बेले सोही दिन जिल्ला प्रहरी कार्यालय पाँचथरमा ज्यान सम्बन्धी कसुरमा लिखित जाहेरी दिएका थिए। उक्त प्रकरणलाई लिएर पछि २०८३ साल असार ८ गते मृतककी आमा लालकुमारी चेम्जोङले पनि वडा अध्यक्ष देउ कुमार आङदेम्बेविरुद्ध कर्तव्य ज्यान कसुरमा किटानी जाहेरी दर्ता गराएकी थिइन्। 

    आमाको किटानी जाहेरी परेपछि जिल्ला अदालत पाँचथर, फिदिमबाट २०८३ साल असार १० गते उनलाई पक्राउ गर्न अनुमति जारी भएको थियो।अदालतको अनुमति पश्चात जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको विशेष टोलीले २०८३ साल असार २३ गते फिदिम नगरपालिका वडा नं. ४ स्थित फिदिम बजारबाट आङदेम्बेलाई पक्राउ गरेको हो।

    पक्राउ परेका वडा अध्यक्ष आङदेम्बेलाई जिल्ला अदालत पाँचथरमा उपस्थित गराएर अनुसन्धानका लागि सात दिनको म्याद थप अनुमति लिइएको छ। हाल उनलाई जिल्ला प्रहरी कार्यालय पाँचथरको हिरासतमा राखेर घटनाका बारेमा थप अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ।  

    प्रकाशित मिति :आषाढ २४ २०८३ बुधवार - १३:३०:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij