Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, धम्क्याउने मन्त्रीलाई किन नथुन्ने ? : हर्कराज राई

प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, धम्क्याउने मन्त्रीलाई किन नथुन्ने ? : हर्कराज राई


  • 1.3K
    Shares

    प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, धम्क्याउने मन्त्रीलाई किन नथुन्ने ? : हर्कराज राई
    images

    काठमाडौं । नेपाल श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गरेको आरोप लगाउँदै सरकारको दोहोरो मापदण्डप्रति कडा आपत्ति जनाएका छन्। 

    प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद राईले कानुन साना र ठुला सबैका लागि बराबर हुनुपर्ने माग गरे।"प्रधानमन्त्रीलाई गाली गरेको आरोपमा एक युवालाई हिरासतमा राखियो, तर निर्माण व्यवसायीको खुट्टा भाँचिदिन्छु भन्ने मन्त्री र प्रहरीलाई सडकमा घिसार्छु भन्ने सांसदलाई किन कारबाही हुँदैन ? ठुलालाई चैन, सानालाई ऐन कहिलेसम्म ?," राईले संसद्‌मा प्रश्न गरे।

    उनले नागरिकलाई सच्याउने मौका दिनुपर्ने तर राज्यले प्रतिशोध लिन नहुने धारणा राखे।सांसद राईले प्रधानमन्त्री बालेन्द्र शाहको पछिल्लो अभिव्यक्ति र सरकारको कार्यशैलीले मुलुकमा लोकतन्त्रको साटो अराजकता मौलाउँदै गएको दाबी गरे। "जब लोकतन्त्रमा नियम मानिँदैन वा एकथरीलाई मात्र नियम लाग्छ, त्यहाँबाट अराजकता सुरु हुन्छ। अहिले संसद् र सरकार बिस्तारै त्यही दिशातर्फ उन्मुख भएको देखिन्छ," उनले भने।  

    राईले प्रधानमन्त्रीलाई संसद्‌मा उपस्थित भएर आफ्ना अभिव्यक्तिबारे स्पष्टीकरण दिन सभामुखसँग रुलिङको समेत माग गरे।यसैगरी, सांसद राईले सुर्खेतको जिल्ला प्रशासन कार्यालयमा बुद्धको मूर्तिलाई चेनले बाँधेर राखिएको घटनाप्रति गृहमन्त्रीको गम्भीर ध्यानाकर्षण गराए। उनले प्रश्न गरे, "मान्छेलाई थुनेको त देखिएको थियो, तर शान्तिका अग्रदूत बुद्धको मूर्तिलाई नै थुनेर राख्नुपर्ने कारण के हो ? 

    प्रकाशित मिति :आषाढ २४ २०८३ बुधवार - १३:१४:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij