Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

अब मन्त्रालय परिसरमै ह्विलचेयर सेवा उपलब्ध

अब मन्त्रालय परिसरमै ह्विलचेयर सेवा उपलब्ध


  • 904
    Shares

    अब मन्त्रालय परिसरमै ह्विलचेयर सेवा उपलब्ध
    images

    काठमाडौं । नेपाल सरकार, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रालयमा आउने सेवाग्राहीको सहजता र पहुँच सुनिश्चित गर्न आजदेखि ह्विलचेयर सेवा सञ्चालनमा ल्याएको छ।

    शारीरिक रूपमा हिँडडुल गर्न कठिनाइ भएका व्यक्ति, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा आवश्यकताअनुसार अन्य सेवाग्राहीलाई लक्षित गर्दै मन्त्रालयको सम्पूर्ण परिसरमा ह्विलचेयर सेवा उपलब्ध गराइएको हो।

    मन्त्रालयमा सेवा लिन आउने नागरिकलाई सहज, सुरक्षित र सम्मानजनक वातावरण प्रदान गर्ने उद्देश्यले सुरु गरिएको यस सेवाले सार्वजनिक सेवा प्रवाहलाई थप पहुँचयुक्त, समावेशी र नागरिकमैत्री बनाउने अपेक्षा गरिएको छ।

    अब मन्त्रालय परिसरमा आउने सेवाग्राहीले आवश्यकता अनुसार ह्विलचेयर प्रयोग गरी सहज रूपमा आफ्नो काम सम्पन्न गर्न सक्नेछन्। यस व्यवस्थाले अपाङ्गता भएका व्यक्ति तथा शारीरिक कठिनाइ भएका नागरिकको सेवा पहुँचमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ। मन्त्रालयले आगामी दिनमा पनि सेवाग्राहीको आवश्यकता र सुविधालाई केन्द्रमा राख्दै थप सुधारका कार्यक्रमहरू सञ्चालन गर्दै जाने जनाएको छ।

     

    प्रकाशित मिति :आषाढ २४ २०८३ बुधवार - १२:२०:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij