Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

सभामुखलाई एमाले सांसद राईको प्रश्न– ‘तपाईं कान सुन्नुहुन्छ कि हुन्न ?’

सभामुखलाई एमाले सांसद राईको प्रश्न– ‘तपाईं कान सुन्नुहुन्छ कि हुन्न ?’


  • 1.4K
    Shares

    सभामुखलाई एमाले सांसद राईको प्रश्न– ‘तपाईं कान सुन्नुहुन्छ कि हुन्न ?’
    images

    काठमाडौं । प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेका सांसद राजेन्द्र राई र सभामुख डोलप्रसाद अर्यालबीच तिखो भनाभन भएको छ। बैठकको सुरुवातमै विपक्षी दलहरूले उठेर विरोध जनाएपछि स्थिति तनावपूर्ण बनेको हो। 

    विपक्षीको विरोधपछि सभामुख अर्यालले सुरुमा नेपाली कांग्रेस र त्यसपछि एमाले सांसद राजेन्द्र राईलाई बोल्ने समय दिएका थिए। तर, सांसद राईले आफ्नो भनाइको सुरुवातमै सभामुखतर्फ लक्षित गर्दै, सभामुखज्यू तपाईं कान सुन्नुहुन्छ कि हुन्न ? भनी प्रश्न गरेपछि बैठकको वातावरण तातिएको थियो।

    सांसद राईको उक्त अमर्यादित अभिव्यक्ति लगत्तै सभामुख अर्यालले उनलाई बोल्नबाट रोकेका थिए। सभामुख अर्यालले आक्रोशित हुँदै आफ्नो भनाइ मर्यादामा रहेर राख्न चेतावनी दिएका छन्। उनले थपे, तपाईं सभामुखको अवहेलना गर्दै हुनुहुन्छ। सभामुखले चेतावनी दिँदा पनि राई नरोकिएपछि अन्ततः उनलाई बोल्न नदिएर सभामुख अर्यालले अर्का सांसद परशुराम तामाङलाई बोल्ने समय उपलब्ध गराएका थिए। 

    संसद्‌मा सांसद र सभामुखबीचको यो वादविवादले केही बेर बैठकमा अन्योलता सिर्जना गरेको थियो।

    प्रकाशित मिति :आषाढ २४ २०८३ बुधवार - ११:५७:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij